विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रको विरोध सरकारमा नरहनुको छटपटी भएको बताएका छन् ।
विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले कतिपय नभएका विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताए।
संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने बताए ।
प्रधानन्त्री ओलीले अहिले अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपीपी)को कुनै कुरा वा चर्चा नै नभएको बताए ।
संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा उनले यो संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने बताए ।
Leave a Reply