Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • अछाममा स्थानीयबाट कुटिए प्रहरी चौकीका इञ्चार्ज, असईलाई जिल्ला झिकाइयो

    अछाममा स्थानीयबाट कुटिए प्रहरी चौकीका इञ्चार्ज, असईलाई जिल्ला झिकाइयो

    मदिराले मातिएका असईले होहल्ला र गाली गरेको आरोप

    अनलाइन नेपाल
  • आइतबार, २५ कार्तिक २०८१
  • 1.1K
    SHARES

    अछाम । अछाममा नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असई) माथि कुटपिट भएको घटना सार्वजनिक भएको छ ।

    जिल्लाको तुर्माखाद गाउँपालिका-१ रहफस्थित प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई महेश सिंह धामीमाथि कुटपिट भएको हो ।



    उनीमाथि यही कार्तिक १४ गते राति कुटपिट भएको भएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार असई धामी ड्युटीको समयमा मातहतको कुनै पनि प्रहरीलाई खबर नगरी गाउँमा एक्लै पुगेका थिए ।



    सोही बेला मदिराले मातिएका धामीले होहल्ला गर्दै गाली बेइज्जती गरेपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेको बताइएको छ । कुटपिटबाट असई धामी घाइते भए पनि आजसम्म घटना भने बाहिरिएको थिएन ।

    सार्वजनिक तस्विरमा उनको अनुहार रक्ताम्मे रहेको देख्न सकिन्छ । यता जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले पनि सामाजिक सञ्जालबाटै घटनाबारे थाहा पाएको जानकारी दिए । घटनाबारे थाहा पाएपछि असई धामीलाई जिल्ला झिकाइएको उनले बताए ।

    उनीसँग सोधपुछपछि घटनाबारे थप जानकारी प्राप्त हुने उनले बताए । घटनामा संलग्नको खोजीकार्य र दोषीमाथि कारबाही हुने डीएसपी भण्डारीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार