Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • रास्वपालाई लक्षित गर्दै देउवाले भने – कांग्रेसका नेतालाई मुद्दा लाग्दा त हामीले होहल्ला गरेनौं

    रास्वपालाई लक्षित गर्दै देउवाले भने – कांग्रेसका नेतालाई मुद्दा लाग्दा त हामीले होहल्ला गरेनौं

    अनलाइन नेपाल
  • आइतबार, २५ कार्तिक २०८१
  • 315
    SHARES

    धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीका नेताहरूलाई मुद्दा लाग्दा आफुहरुले कहिल्यै पनि होहल्ला नगरेको बताएका छन् ।

    धनगढी विमानस्थलमा बोल्दै सभापति देउवाले रास्वपालाई लक्षित गर्दै यस्तो बताएका हुन् । कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा कांग्रेसले कहिल्यै पनि हल्ला नगरेको सभापति देउवाले बताए ।



    सभापति देउवाले भने, ‘हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै होहल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ।’



    सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा कात्तिक २ गते पक्राउ गरी कास्की अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ।

    उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा अनुसन्धान भइरहेको छ । सभापति पक्राउविरुद्ध उनका समर्थकसहित कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।

    त्यस्तै, सभापति देउवाले पूर्वसहमतिअनुसार कांग्रेस-एमाले गठबन्धन २०८४ सालसम्म नै जाने र सरकारले पनि त्यो बेलासम्म निरन्तरता पाउने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार