Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरेर मात्रै राजनीतिबाट विश्राम लिन्छु : प्रचण्ड

    प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरेर मात्रै राजनीतिबाट विश्राम लिन्छु : प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २४ कार्तिक २०८१
  • 402
    SHARES

    मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरेर मात्रै राजनीतिबाट विश्राम लिने बताएका छन् ।

    मकवानपुरको थाहा नगरपालिकामा वाइसीएलको नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा बोकेर आन्दोलन सुरु गर्ने बताए ।



    अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाबाट ५ वर्षको स्थायी सरकार नबनेसम्म मुलुकमा बेथिति र भ्रष्टाचारको अन्त्य नहुने बताए ।

    मेचीदेखि महाकालीसम्म माओवादी र प्रचण्डमाथि नागरिकमा ठूलो भरोसा देखिएको भन्दै उनले मुलुकले नयाँ विकल्प खोजिरहेको आफूलाई महसुस भएको बताए ।

    कांग्रेस र एमालेसँगको लामो संगतले माओवादी बिग्रिएको भन्दै उनले अब नागरिकसँग माफी मागेर अघि बढ्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार