Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रहरीलाई दिनुपर्छ भन्दै गौरीफन्टा नाकाबाट रकम असुलेपछि…

    प्रहरीलाई दिनुपर्छ भन्दै गौरीफन्टा नाकाबाट रकम असुलेपछि…

    अनलाइन नेपाल
  • शुक्रबार, २३ कार्तिक २०८१
  • 342
    SHARES

    कैलाली । कैलालीको गौरीफन्टा नाकाबाट पैसा लिने दुईजना अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    नेपाल प्रहरीलाई पैसा दिनुपर्छ भन्दै गोदावरी नगरपालिका–२ अत्तरीयाका २७ वर्षीय लोकेन्द्र ओझाबाट पैसा लिने अटो चालक धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने २८ वर्षीय मानबहादुर बयाडी र चौराह बस्ने ३१ वर्षीय करन बोहरा पक्राउ परेका हुन् ।



    नेपाल तर्फका सुरक्षाकर्मीहरुलाई पैसा दिनुपर्छ भन्दै ओझाबाट नगद भारतिय २ हजार मागि सुरक्षा संगठनलाई नै बदनाम गर्ने कार्य गरेको हुँदा अटो चालक दुबै जनालाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले आज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    ओझाको रकम नगद भारतीय २ हजारसमेत फिर्ता गराइएको छ । उनीहरुलाई कानून बमोजिम प्रहरीले कारवाही प्रक्रिया अगाडी बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार