Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • फैसलाको पूर्णपाठ आएपछि आफै अदालतमा उपस्थित हुन्छु : दीपक मनाङे

    फैसलाको पूर्णपाठ आएपछि आफै अदालतमा उपस्थित हुन्छु : दीपक मनाङे

    अनलाइन नेपाल
  • शुक्रबार, २३ कार्तिक २०८१
  • 285
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ले आफै अदालतमा उपस्थित हुने बताएका छन् ।

    आज एक विज्ञप्ति जारी गर्दै मनाङेले फैसलाको पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका हुन् ।



    सर्वोच्च अदालतले उनलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि फोन स्विच अफ गरी उनी सम्पर्कविहीन भएका थिए ।



    उनले विज्ञप्तिमा लेखेका छन्,‘(फैसला)पश्चात मेरा कानून व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएँ तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो। सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।’

    मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।  पाँच वर्ष कैद सजाय ठहर भएका गुरुङले यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताएका छन् ।

    मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेका थिए ।

    उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार