Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • भैंसेपाटी हनि ट्रयापिङ प्रकरण : एसपी मुछिएपछि सिआइबीले थाल्यो अनुसन्धान

    भैंसेपाटी हनि ट्रयापिङ प्रकरण : एसपी मुछिएपछि सिआइबीले थाल्यो अनुसन्धान

    अनलाइन नेपाल
  • बुधबार, २१ कार्तिक २०८१
  • 486
    SHARES

    काठमाडौं । ललितपुरको भैंसेपाटी प्रभागमा हनि ट्रयापिङ गिरोहसँग प्रहरी नै मिलेको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान थालेको छ ।

    अनुसन्धानको क्रममा प्रहरीका एसपी नै मुछिएको र सो गिरोहले अन्यत्र समेत त्यसैगरी प्रहरीसँग मिलेर फसाउँदै आएको खुलेपछि सिआइबीले अनुसन्धान अघि बढाएको हो ।



    जिल्ला प्रहरी परिसर, ललितपुरले सो प्रकरणमा पक्राउ परेका चारैजनासहित अनुसन्धान प्रतिवेदन बुधबार सिआइबीलाई बुझाएको छ ।



    भैंसेपाटी प्रभागका हवल्दार महेन्द्र हमालसहित गिरोहका नाइके ताज इस्लाम, सुष्मा विक र भिमादेवी थापा हाल थुनामा छन् । भैंसेपाटी प्रभागकी तत्कालिन इन्सपेक्टर बिनुकुमारी शाही र गिरोहका सदस्य दर्शन पोखरेल फरार छन् ।

    सो प्रकरणमा एसपी कमल थापा समेत मुछिएका छन् । जिल्ला सरकारी वकिल कार्यालयले उनको समेत बयान लिन प्रहरीलाई निर्देशन दिएको थियो । तर, एसपी थापाले बयान दिन मानेका छैनन् ।

    अर्कोतर्फ सो गिरोहले दरबारमार्ग वृत्तमा समेत ठेकदार विदुर शर्मालाई त्यसैगरी फसाएको खुलेको छ । यसरी धेरैतिर घटना देखिएपछि ललितपुर परिसरले नै सिआइबीमार्फत अनुसन्धानको प्रस्ताव गरेको स्रोत बताउँछ । निलम्बनमा परेकी इन्सपेक्टर शाही हालसम्म फरार छिन् ।

    स्रोतका अनुसार एसपीलाई जोगाउन चौतर्फी दबाब आएपछि ललितपुर प्रहरीले सिआइबीमार्फत अनुसन्धानको प्रस्ताव गरेको हो । जसकारण अब निष्पक्ष अनुसन्धानमा सिआइबीको अग्निपरिक्षा सुरु भएको छ ।

    गत सात असोजमा इटहरीका एक व्यापारीलाई बलात्कार मुद्दामा फसाउने भन्दै भैंसेपाटी प्रभागमा थुनेर ३० लाख रुपैयाँ लेनदेन गरिएको थियो । सो घटनाका योजनाकार एसपी थापा देखिएका छन् ।

    साथै दरबारमार्ग वृत्तमा भएको घटनामा पनि उनकै योजना देखिएको छ । दुवै घटनामा एसपी समेत प्रतिवादी हुने अवस्था देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली निकटका व्यक्तिले नै उनलाई जोगाउन चलखेल गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार