Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • दुई दलीय संयन्त्रको नेतृत्व कांग्रेस र एमालेले आलोपालो गर्ने सहमति

    दुई दलीय संयन्त्रको नेतृत्व कांग्रेस र एमालेले आलोपालो गर्ने सहमति

    अनलाइन नेपाल
  • बुधबार, २१ कार्तिक २०८१
  • 480
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा एमालेले बनाएको संयन्त्रको नेतृत्व दुई दलले आलोपालो गर्ने भएका छन् ।

    संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा रहेका छन् ।



    एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहेको बताइएको छ । यसैगरी प्रदेश र जिल्ला तहमा पनि दुई दलीय संयन्त्र बनाउने निर्णय भएको छ।



    कार्यदलको संयोजन दुई दलले एक–एक महिना पालोपालो गर्ने निर्णय गरेसँगै पहिलो महिना कार्तिक २१ देखि मंसिर २० सम्म नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बैठकको संयोजन गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार