Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • अमेरिकाको राष्ट्रपति बन्ने निश्चित भएसँगै ट्रम्पलाई बधाईको ओइरो

    अमेरिकाको राष्ट्रपति बन्ने निश्चित भएसँगै ट्रम्पलाई बधाईको ओइरो

    अनलाइन नेपाल
  • बुधबार, २१ कार्तिक २०८१
  • 144
    SHARES

    काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित निश्चित भएसँगै बधाईको ओइरो लागेको छ ।

    राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा भइनसकेको भएपनि ट्रम्पलाई बधाई दिने क्रम सुरू भएको हो ।



    अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले उनको प्रशंसा गरेका छन् ।



    यद्यपि, उनको जितको औपचारिक घोषणा भइसकेको छैन । तर, उनको जित सुनिश्चितजस्तै छ । यसबिचमै ट्रम्पलाई विश्व समुदायबाट बधाईको ओइरो आउन थालेको छ ।

    बेलायतका प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पलाई ऐतिहासिक जितका लागि बधाई दिएका छन् ।

    फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिँदै आगामी चार वर्षसम्म सम्मान र महत्वाकाङ्क्षाका साथ ट्रम्पसँग काम गर्न तयार रहेको बताएका छन् ।

    त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको ‘चुनावी विजय’को प्रशंसा गरेका छन् ।

    इटालीका प्रधानमन्त्री ज्योर्जा मेलोनीले ट्रम्पलाई बधाई दिँदै इटाली र अमेरिकाबिच अटुट गठबन्धन, साझा मूल्य र ऐतिहासिक मित्रता रहेको उल्लेख गरेकी छन् ।

    ट्रम्पको जितले यो सम्बन्ध अझ मजबुत हुने उनको भनाइ छ । परिणाम ट्रम्पको पक्षमा देखिएसँगै चीनले अमेरिकासँग ‘शान्तिपूर्ण सहअस्तित्व’को आशा गरेको बताएको छ ।

    त्यसैगरी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘प्रभावशाली विजय’ का लागि बधाई दिँदै आफ्नो कार्यकालले युक्रेनमा न्यायोचित शान्ति ल्याउने विश्वास व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार