पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्र तोड्न खोजेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ७ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
निषेधित क्षेत्र तोडेको, अराजक गतिविधि गरेको भन्दै जिल्ला प्रहरी कार्यालयको टोलीले प्रदर्शन स्थिलबाट ७ जनालाई नियन्त्रणमा लिएको हो ।
४ पुरुष र २ महिलालाई नियन्त्रण लिइ प्रहरीको हिरासतमा राखिएको छ । सभापति रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाले विरोध प्रदर्शन गरिरहेको छ ।
रास्वपाका कार्यकर्ताले गरेको प्रदर्शन का क्रममा प्रहरीसँग झडप गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
केही समय अगाडी मात्रै प्रहरीले सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेको पक्षमा विरोधमा उत्रिएका रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार गरेको थियो ।
निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सीसमेत भएको थियो । सहकारीको रकम अपचलनमा प्रतिशोधपूर्ण तवरले लामिछानेलाई फसाउन खोजिएको दाबी गर्दै समर्थकहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।
लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा पेस गरिएको छ । यसअघि पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन् ।
कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले आज मात्रै उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।
लामिछानेलाई शुरूमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Leave a Reply