Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • विमलेन्द्र निधि भन्छन् – संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ

    विमलेन्द्र निधि भन्छन् – संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ

    अनलाइन नेपाल
  • मंगलबार, २० कार्तिक २०८१
  • 270
    SHARES

    धनुषा । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सातवटै प्रदेश सरकारलाई सम्पन्न बनाउन संविधान अनुसारको अधिकार प्रदेशलाई दिइनुपर्ने बताएका छन् ।

    महोतरीका कांग्रेसका नेता स्वर्गीय शिवचन्द्र मिश्रको ८१औँ जन्मयन्तीको अवसरमा महोतरीको लोहरपट्टीमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै नेता निधिले यस्तो बताएका हुन् ।



    उनले कांग्रेसको नेतृत्वमा बनेको संविधान र त्यसभित्र उल्लेखित उपलब्धि बचाउन कांग्रेस नै नेतृत्व लिन आवश्यक रहेको बताए ।



    सर्वपक्षीय सर्वदलीय संघर्षपछि कांग्रेसको नेतृत्वमा संघीय गणतन्त्रात्मक प्रणालीसहितको संविधान पाएको बताउँदै उनले स्वर्गीय शिवचन्द्र मिश्र, सहिद दुर्गानन्द झासहितका नेता र योद्धाहरूका प्रेरणाबाट मधेसमा कांग्रेसले विरासत बनाएको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार