Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्ने खानेपानीमन्त्री यादवको प्रतिवद्धता

    वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्ने खानेपानीमन्त्री यादवको प्रतिवद्धता

    अनलाइन नेपाल
  • शनिबार, १७ कार्तिक २०८१
  • 267
    SHARES

    वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्ने प्रतिवद्धता जनाएका छन्।

    कारागार कार्यालय वीरगञ्जको निरीक्षण गर्दै खानेपानीमन्त्री यादवले यस्तो प्रतिवद्धता जनाएका हुन् ।



    उनले समाजका हरेक नागरिकलाई आधारभूत सुविधा र सम्मानजनक वातावरण प्रदान गर्नु राज्यको दायित्व भएको बताए।



    कैदी बन्दीहरूको जीवनस्तर र भौतिक पूर्वाधारको सुधारमा सरकारले ध्यान दिने उनले बताए ।

    खानेपानीमन्त्री यादवले भने,’कैन्दीबन्दीसँगको छलफलको क्रममा शौचालय र खानेपानीको समस्याको विषयमा अवगत गराउनुभएको छ । यी दुवै काम खानेपानी मन्त्रालय मातहत पर्ने भएकाले सोको आवश्यक व्यवस्थापन गर्नका लागि निर्देशन दिएको छु। कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, जीर्ण पूर्वाधार र विद्युत्‌को समस्याको विषयमा भने सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेछु ।’

    पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले पनि प्रहरीको जिम्मेवारी सुरक्षाको साथसाथै कैदीहरूको मानवअधिकारको प्रत्याभूति गराउने रहेको जानकारी दिए ।

    कारागार कार्यालय वीरगञ्जका निमित्त प्रमुख विनय श्रीवास्तवले कारागारको विषयमा आवश्यक जानकारी गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार