Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई स्वर्णिम वाग्लेले दिए पुस्तक उपहार

    हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई स्वर्णिम वाग्लेले दिए पुस्तक उपहार

    अनलाइन नेपाल
  • शनिबार, १७ कार्तिक २०८१
  • 408
    SHARES

    काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उपसभापति स्वर्णिम वाग्लेले भेटेका छन्।

    सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका सभापति लामिछानेलाई उपसभापति वाग्लेले भेटेका हुन् । शुक्रबार साँझको भेटमा उनले लामिछानेलाई ‘एज अफ रिभोल्युसन्स’ पुस्तक पनि उपहार पनि दिएका छन् ।



    पुस्तकमा उनले लेखेका छन्,‘रविजी, तपाईंले आफ्नो असामान्य साहस प्रमाणित गरिसक्नुभएको छ। यो कठिन परिस्थितिलाई पार गर्न तपाईंसँग पर्याप्त दृढता र रणनीतिक धैर्यता होस् भन्ने कामना गर्दछौं। हामी तपाईंसँग छौँ। सबै कुरा राम्रो हुनेछ। अर्को तीन वर्ष ओली-राणा-देउवाकै सेरोफेरोमा शासन चल्दा देशको के बेहाल हुने होला ? उहाँको यो प्रश्नको उत्तरमा फरिद जकारियाद्वारा लिखित नयाँ पुस्तक एज अफ रिभोल्यसन्स दिन पाएँ।’



    भेटपछि सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित ८० वटा सामान्य प्रश्नको बयान सकिएको, खासै नयाँ कुरा नआएको र रविमा मनोबल उच्च रहेको पाएको वाग्लेले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    साथै, वाग्लेले तिहार-छठपछि सुशासनको बृहत् एजेण्डामा नयाँ शक्तिहरू गोलबद्ध हुनपर्ने देखिएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार