Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना, संलग्न कोषाध्यक्ष पक्राउ

    नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना, संलग्न कोषाध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ कार्तिक २०८१
  • 321
    SHARES

    पर्वत । पर्वतको फलेवास नगरपालिका-१ कार्किनेटामा सञ्चालित नागढुंगा बचत तथा ऋण सहकारी संस्थाको झण्डै पाँच करोड रुपैयाँ हिनामिना भएको छ।

    ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको चार करोड ८० लाख रुपैयाँ हिनामिना भएको हो। रकम हिनामिना भएका बचतकर्ताको उजुरीपछि सहकारीका कोषाध्यक्ष दीर्घनारायण शर्मा पक्राउ परेका छन्।



    तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।



    सहकारी रजिस्टारको कार्यालय गण्डकी प्रदेशले गरेको छानबिन अनुसार १९ जना प्रतिवादी छन्। उक्त सहकारीमा ६५० हाराहारीमा बचतकर्ता रहेको प्रहरीले जनाएको छ।

    सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषण गरी हिनामिना भएको रकम एक वर्षभित्र मिलाउन समय दिएको थियो।

    सञ्चालक समिति र व्यवस्थापक मिलेर अपचलन भएको रकम फिर्ता पाउन नसक्दा बचतकर्ता अहिले धेरै समस्यामा परेका छन्।

    कृत्रिम खातामार्फत कारोबार गर्ने, बचत र शेयर रकमको सफ्टवेटरमा हिसाबै नदेखाउने र व्यक्तिगत रूपमा खर्च गरेर गाउँलेको रकम हिनामिना गरी फरार हुन थालेपछि प्रहरीले तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

    गाउँलेले श्रमपसिना गरेर, बाख्रापाठा, अन्नपात बेचेर र विदेशमा कमाएर राखेको पैसा व्यवस्थापक तथा सञ्चालकले हिनामिना गरेका हुन्।

    व्यवस्थापक केसी दुई महिना अगाडि नै फरार भएका थिए भने अध्यक्ष गिरीनारायण श्रेष्ठ केही दिन अघिदेखि फरार भएका हुन्। अन्य सञ्चालकविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने तयारी भएको छ।

    २०६९ माघ ३ गते डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता भई सञ्चालमा आएको सहकारी डुबेपछि करिब ६५० बचतकर्ता समस्यामा परेका छन्।

    यो सहकारीले पर्वतका कार्किनेटा, थापाठाना, शङ्करपोखरी खौला र ठूलीपोखरीलाई कार्यक्षेत्र बनाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार