कैलाली । कैलालीमा बसबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अछामको चौरपाटी गाउँपालिका–१ का २५ वर्षीय ज्ञानु साउँद रहेका छन् ।
कैलाली प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–३ कुचैनीस्थित सडकमा अछामबाट टिकापुरतर्फ जाँदै गरेको ना ६ ख ४५९१ नम्बरको बसबाट लडेर बसका सह–चालक साउँद गम्भीर घाइते भएका थिए ।
तर उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
Leave a Reply