Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • उत्तर कोरियाले समुन्द्रतर्फ घातक ब्यालेस्टिक मिसाइल प्रहार गर्‍यो : दक्षिण कोरिया

    उत्तर कोरियाले समुन्द्रतर्फ घातक ब्यालेस्टिक मिसाइल प्रहार गर्‍यो : दक्षिण कोरिया

    अनलाइन नेपाल
  • बिहिबार, १५ कार्तिक २०८१
  • 126
    SHARES

    फाइल तस्बिर

    एजेन्सी। दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट समुद्रतर्फ अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) प्रहार गरेको जनाएको छ ।

    उत्तर कोरियाले यस्तो क्षेप्यास्त्र प्रहार गरेको हो जब दक्षिण कोरियासँगको सम्बन्धमा तनाव बढ्दै गएको छ र छिमेकी देशप्रति पनि लगातार आक्रामक रुख अपनाइरहेको छ ।



    उत्तर कोरियाले स्थानीय समय अनुसार बिहीबार बिहान ७ बजेर १० मिनेटमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो ।



    यसअघि बुधबार दक्षिण कोरियाले नोभेम्बर ५ मा हुन लागेको अमेरिकी चुनावअघि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्न सक्ने चेतावनी दिएको थियो ।

    यसअघि गत वर्षको डिसेम्बरमा उत्तर कोरियाले संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धलाई बेवास्ता गर्दै ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।

    बिबिसीका अनुसार उत्तर कोरियाको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणमा जापानले उत्तर कोरियाको प्रक्षेपणमा निगरानी राखिरहेको र उक्त क्षेप्यास्त्र स्थानीय समय अनुसार बिहान ८ः४० बजे समुन्द्रमा खसेको अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार