Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • आजको मौसम : यी प्रदेशमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

    आजको मौसम : यी प्रदेशमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

    अनलाइन नेपाल
  • बिहिबार, १५ कार्तिक २०८१
  • 96
    SHARES

    काठमाडौं । हाल देशभर पश्चिमी वायुका साथै स्थानीयवायुको प्रभाव देखिएको छ । जसको प्रभावले कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भेगको मौसम भने समान्यतः सफा रहने छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आज दिउसो आंशिकदेखि साधारणतया बदली हुने छ ।



    कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ ।



    कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    त्यसैगरी, आज राति कोशी प्रदेशलगायात बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

    कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कोशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार