Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • रवि लामिछानेसँगै सूर्यदर्शन सहकारी प्रकरणमा हिरासतमा रहेका पूर्वअसई को हुन् ?

    रवि लामिछानेसँगै सूर्यदर्शन सहकारी प्रकरणमा हिरासतमा रहेका पूर्वअसई को हुन् ?

    अनलाइन नेपाल
  • बुधबार, १४ कार्तिक २०८१
  • 1K
    SHARES

    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको ठगीमा पक्राउ पर्नेमध्ये एक प्रहरीकै पूर्वअसई भएको खुलेको छ ।

    प्रहरीको जागिर छाडेर व्यापारमा लागेका रामबहादुर खनाल यतीबेला कास्की प्रहरीको हिरासतमा पूर्वगृहमन्त्री रवि लामिछानेसँगै छन् ।



    उनी जिबी राईको कम्पनी हर्ब्स इन्टरनेश्नलका सञ्चालक हुन् । तर, उनको सम्बन्ध जिबीभन्दा पूर्वडिआइजी छविलाल जोशीसँग रहेको स्रोत बताउँछ ।



    जोशी प्रहरी सेवामा रहँदा उनै खनाललाई घुमुवा खटाएर पैसा उठाउने गर्दथे । खनालले जागिर छाडेपछि उनीमार्फत नै जोशीले विभिन्न ठाउँमा पैसा लगानी गरेका थिए ।

    हर्ब्स इन्टरनेश्नलमा पनि जोशी एकसमय उपाध्यक्ष थिए । अवैध शैलीका गतिविधिबाटै उनी करोडपति बनेको चिनजानका व्यक्तिहरू बताउँछन् ।

    हर्ब्स इन्टरनेश्नलमा वरिष्ठ अधिवक्ता बाबुराम कुँवर पनि हर्ताकर्ता थिए । हाल राष्ट्रपति रामचन्द्र पौडेलको कानुन विज्ञ रहेका कुँवरमाथि अनुसन्धान नगरिएको भन्दै आलोचना भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार