Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • आईसीसी विश्वकप लिग–२ मा स्कटल्याण्डमाथि नेपालको जित

    आईसीसी विश्वकप लिग–२ मा स्कटल्याण्डमाथि नेपालको जित

    अनलाइन नेपाल
  • बुधबार, १४ कार्तिक २०८१
  • 171
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसमा स्कटल्याण्डले दिएको १ सय ५५ रनको लक्ष्य नेपालले २९ ओभर ५ बलमा भेट्टायो ।

    नेपालका आरिफ शेखले सर्वाधिक ५१ रन बनाए । कुशल भुर्तेल र गुल्सन झाले २५/२५ रन जोडे । आसिफ शेखले २१ रन बनाए । स्कटल्याण्डका ब्राण्डम म्याकुलमले २ विकेट लिए ।



    त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४१ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । स्कटल्याण्डका मार्क वाटले ३४ रन बनाए ।



    नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी, सोमपाल कामी र गुल्सन झाले २/२ विकेट तथा आरिफ शेखले १ विकेट लिए ।

    लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमा अमेरिकालाई १० विकेटले हराएको थियो ।

    तालिकाको सातौँ स्थानमा रहेको नेपालको १० खेलमा ५ अङ्क भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार