Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • सशस्त्र प्रहरीलाई थप सक्षम र व्यवसायिक बनाउनुपर्छ : गृहमन्त्री लेखक

    सशस्त्र प्रहरीलाई थप सक्षम र व्यवसायिक बनाउनुपर्छ : गृहमन्त्री लेखक

    अनलाइन नेपाल
  • मंगलबार, १३ कार्तिक २०८१
  • 519
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बललाई थप सक्षम, सबल र व्यावसायिक बनाउनुपर्ने बताएका छन्।

    राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।



    गृहमन्त्री लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताए।



    राज्यले सुम्पिएका जिम्मेवारीका साथै भइपरी आउने विषम परिस्थितिमा व्यावसायिक दक्षता प्रदर्शन गरी आफ्नो पहिचान स्थापित गरिरहेको उनको भनाइ छ।

    सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री एवम् चलायमान बनाउनेतर्फ मन्त्रालयले काम गरिरहेको गृहमन्त्री लेखकले बताए।

    मौजुदा स्रोत साधनको प्रयोग गरी नजिता हासिल गर्नेतर्फ विगत र वर्ततमान जस्तै क्रियाशील रहिरहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन दिए ।

    प्रशिक्षण कार्यलाई समयानुकुल थप आधुनिक र वैज्ञानिक बनाउँदै लगिएको भन्दै यसले राज्यलाई दक्ष र व्यवहारिक अधिकृत निर्माणमा खेलेको भूमिकाको गृहमन्त्री लेखकले प्रशंसा गरे।

    सशस्त्र प्रहरीभित्र एउटा निश्चित, स्पष्ट, वैज्ञानिक किसिमले सबैको हित हुने ढंगले अगाडि बढ्ने व्यवस्था गरिने गृहमन्त्री लेखकले बताए।

    सशस्त्र प्रहरीको नयाँ ऐनले सशस्त्र प्रहरीको सेवालाई विशिष्ठकृत गर्दै लैजाने भन्दै आगामी संघीय संसद अधिवेशनमा पेस गरिने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार