काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।
पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा पोखराबाट काठमाडौँ केन्द्रीत बनेको रास्वपाको आन्दोलन आज बालुवाटारमा हुने भएको हो ।
रास्वापले आज मध्याह्न १२ बजे बालुवाटारमा भेला भई राजनीतिक प्रतिशोध र अधिनायकवाद विरुद्धको वृहत्त प्रदर्शनमा सहभागी हुन आफ्ना कार्यकर्ता र समर्थकहरूलाई आग्रह गरेको छ।
सहकारी ठगी आरोपमा पक्राउ परेका रास्वपा सभापति लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा रहेका छन् ।
Leave a Reply