Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • हराएको नगद दुई लाख र सुनका गरगहना फेला पारी प्रहरीले सम्बन्धितलाई बुझायो

    हराएको नगद दुई लाख र सुनका गरगहना फेला पारी प्रहरीले सम्बन्धितलाई बुझायो

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 207
    SHARES

    अत्तरिया । प्रहरीले हराएका सुनका गरगहना र नगद रुपैयाँ फेला पारी सम्बन्धितलाई बुझाएको छ ।

    कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले सोमबार दिउँसो धनगढी उपमहानगरपालिका वडा नम्बर ५ बस्ने शारदा कठायतलाई गरगहना र नगद रुपैयाँ फेला पारी बुझाएको हो ।



    कठायतको एक लाख ९९ हजार रुपैयाँ नगद र सुनको तिलहारी १ थान, चन्द्रमा १ थान, कानको रिङ २ थान र नाकमा लगाउने नथीया १ थान समेतको माल–सामान अत्तरिया बसपार्क नजिक हराएको थियो ।



    उक्त माल–सामान इलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोलीले फेला पारेको थियो । नगद रुपैयाँ र गरगहना धनीको पहिचान गरी इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले कठायतलाई बुझाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार