Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कैलालीबाट ३३ ग्राम २७० मिलिग्राम लागुऔषधसहित पाँचजना पक्राउ

    कैलालीबाट ३३ ग्राम २७० मिलिग्राम लागुऔषधसहित पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 198
    SHARES

    धनगढी । प्रहरीले कैलालीमा ३३ ग्राम २७० मिलिग्राम लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाको विशेष टोलीले पक्राउ गरेको हो ।

    प्रहरी नायव निरीक्षक गजेन्द्र बहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका-१ स्थित साथी होटल पछाडि रहेको गल्लीबाट धनगढी-२ का उमेश चौधरी र भारतको लखिमपुर पलियाका प्रदीप मौरेलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको थियो ।



    मौरेको साथबाट १० ग्राम शुद्ध खैरो हेरोइन बरामद भएको कैलाली प्रहरीले जनाएको छ । त्यस्तै, चौरपाटी गाउँपालिका-१, अछाम स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का विजय साउँदलाई पनि शंका लागि चेकजाँच गर्दा ३ ग्राम ३८० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।



    प्रहरीको अर्को टोलीले टिकापुर नगरपालिका-९ खग्रौला चेकपोष्ट नजिक लम्कीचुहा नगरपालिका-१ का उपेन्द्र साउँदले चलाइएको मोटरसाइकलको सिटमुनि लुकाइएको १९ ग्राम ६८० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।

    सोही समयमा लम्कीचुहा नगरपालिका-२ का रोशन शाहीलाई पनि पक्राउ गरी २१० मिलिग्राम खैरो हेरोइन फेला पारेको बताइएको छ ।

    उनीहरु सबैको साथबाट ३३ ग्राम २७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । पक्राउ परेका ५ जनालाई आवश्यक कानूनी कारबाहीको लागि हिरासतमा राखिएको र अनुसन्धान जारी रहेको कैलाली प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार