Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम भएको हल्ला, विमान जाँच गरिँदै

    दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम भएको हल्ला, विमान जाँच गरिँदै

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 222
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंबाट दिल्ली फर्किने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम राखेको सूचना सार्वजनिक भएपछि नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा जाँचका लागि जहाजलाई नियन्त्रणमा लिएको छ।

    दिल्ली फर्किने तयारीमा रहेको एयर इण्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना सार्वजनिक भएपछि जहाजलाई नेपाली सुरक्षा निकायले जाँच थालेका हुन् ।



    सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्ला फैलिएको थियो ।



    दिल्लीमा रहेको एयर इन्डियाको कार्यालयबाट काठमाडौं विमानस्थललाई बम रहेको खबर आएको विमानस्थलस्रोतले बतायो ।

    ६ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो ।

    तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएन । पछिल्लो समय भारतीय वायुसेवा कम्पनीहरुका विमानमा बम रहेको भन्दै पटकपटक गलत सूचना प्रवाह भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार