Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • रौतहटबाट स्रोत नखुलेको ५ लाखसहित भारतीय नागरिक पक्राउ

    रौतहटबाट स्रोत नखुलेको ५ लाखसहित भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 57
    SHARES

    रौतहट । स्रोत नखुलेको ५ लाख रुपैयाँसहित रौतहटबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

    गौर नगरपालिका– २ महादेवपट्टीबाट अस्थायी प्रहरी चौकी महादेवपट्टीले भारतको बिहार मोतिहारीका ४८ वर्षका त्रिभुवन चौधरीलाई ५ लाख रुपैयाँसहित पक्राउ गरेको हो।



    नेपालबाट भारततर्फ साइकलमा जादै गरेका चौधरीलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



    पक्राउ परेका चौधरीले रकमको स्रोत खुलाउन नसकेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार