Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • कोरोना बीमा खारेजीकाे माग गर्दै सर्वोच्चमा रिट दायर

    कोरोना बीमा खारेजीकाे माग गर्दै सर्वोच्चमा रिट दायर

    अनलाइन नेपाल
  • सोमबार, २९ भाद्र २०७७
  • 3.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अधिवक्ता भाइराजा राई र दावा तामाङले कोरोना बीमा र मापदण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

    उनीहरूले सोमबार संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय र बीमा समितिलाई विपक्षी बनाएर रिट निबेदन दर्ता गराएका हुन् ।



    अधिवक्ताद्वय राई र तामाङले दायर गरेको रिट निवेदनमा बीमा समितिले जारी गरेको कोरोना बीमासम्बन्धी मापदण्डमा उल्लेखित प्रावधानका बुँदाप्रति असहमति जनाउँदै खारेज गर्न माग गरिएको छ ।



    बीमासम्बन्धी मापदण्डअनुसार कोरोना बीमाको पहिलो १ अर्ब बीमा कम्पनीले, त्यसपछिको १ अर्ब पुनर्बीमा कम्पनीले, त्यसपछिको ५० करोड बीमा कम्पनीहरुको महाविपत्ति कोषको रकमबाट, त्यसपछिको १ अर्ब बीमा समितिको कोषबाट तथा बाँकी सबै दायित्व नेपाल सरकारले व्यहोर्ने व्यवस्था गरिएकोमा बीमा समिति र सरकारको दायित्व त्यसबाट हटाउन रिटमा माग गरिएको छ ।

    उक्त मापदण्डमा सरकारी कर्मचारीहरुको कोरोना बीमाको आधा रकम सरकारले नै व्यहोरिदिने, बीमाको दायित्व पनि सरकारकै हुने र कोरोना लागेकाहरुको उपचार पनि सरकारले नै निःशुल्क रुपमा गर्ने व्यवस्था भएकोले यसले राज्यकोषलाई ठूलो हानी गर्ने भएकोले यसलाई सच्याउन रिट निवेदनमा माग गरिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार