Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • फिल्म ‘महापुरुष’ लक्ष्मीपूजादेखि युट्युवमा रिलिज हुने

    फिल्म ‘महापुरुष’ लक्ष्मीपूजादेखि युट्युवमा रिलिज हुने

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 126
    SHARES

    काठमाडौं । फिल्म ‘महापुरुष’ अब युट्युवमा रिलिज हुने भएको छ ।

    निर्माता कम्पनी षट्कोण आर्ट्सले यो फिल्म लक्ष्मीपूजाको अवसरमा १५ कात्तिकमा स्ट्रिमिङ हुने जनाएको हो।



    यो फिल्म यसअघि ओटीटी प्लाटफर्ममा समेत आइसकेको छ । केन्द्र मोसन पिक्चर्सको युट्युव च्यानलमा फिल्म रिलिज हुनेछ।



    हल र ओटीटीमा फिल्म नहेरेका दर्शकलाई युट्युवमा निःशुल्क हेर्ने सुविधा उपलब्ध हुनेछ ।

    यसअघि यो फिल्मे सिनेमाघर, एमएसएम भिडिओ जस्ता ओटीटीमा रिलिज भैसकेको छ ।

    बाबु र सन्तानको सम्बन्धको कथामा आधारित यो फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, नरेश पौड्याल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा लगायतका कलाकारको अभिनय छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार