Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 198
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

    अघिल्लो दिन आइतबार तोलामा १ लाख ६७ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार ४०० रुपैयाँ घटेर तोलामा १ लाख ६७ हजार रुपैयाँ कायम भएको हो ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन प्रति १० ग्रामको मूल्य १ लाख ४३ हजार १७५ रुपैयाँ कायम भएको छ ।



    यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा २ हजार ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ६५ रुपैयाँ कायम भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार