Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • राष्ट्रपति पौडेलले भने – मेरा लागि पदभन्दा ठूलो आदर्श र नैतिकता हो

    राष्ट्रपति पौडेलले भने – मेरा लागि पदभन्दा ठूलो आदर्श र नैतिकता हो

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 84
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो लागि पदभन्दा ठूलो निष्ठा, आदर्श र नैतिकता भएको बताएका छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा आत्रेय गोत्रीय पौडेल कुल पूजा समितिले गरेको अभिनन्दनपछि राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।



    उनले निष्ठा, आदर्श र नैतिकतालाई जोगाउँदै लोकतन्त्र, संविधानको संरक्षण गर्ने मुलुकले दिएको जिम्मेवारी पूरा गर्न लाग्ने बताए ।



    उनलाई कुल वंशीय ज्येष्ठ सदस्य दाजु पुन्यप्रसाद पौडेलले अभिनन्दन पत्रले सम्मान गरेका थिए ।

    राष्ट्रपति पौडेलले पदभन्दा निष्ठा, आदर्श र नैतिकतालाई सधैं ठूलो ठानेको र आफ्नो राजनीतिक जीवनमा प्रश्न उठ्ने कुनै पनि काम नगरेको स्पष्ट पार्दै यसैलाई अक्षुण्ण राख्न सकियोस् भन्नेमा दृढ रहेको पनि सुनाए।

    राष्ट्रपति पौडेलले मुलुक संकटमा परेको समयमा लोकतन्त्र र संविधानको संरक्षण राष्ट्रिय एकताको प्रबद्र्धन र राष्ट्रहितमा सधैं काम गरिरहने प्रतिद्धता पनि व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार