Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • राज्य व्यवस्था समितिले प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गर्दै

    राज्य व्यवस्था समितिले प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गर्दै

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 150
    SHARES

    काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीलाई बोलाएको छ ।

    अख्तियारको ऐन संशोधनबारे छलफल गर्न राज्य व्यवस्था समितिले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बोलाएको हो ।



    बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।



    सोही विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री र गृहमन्त्रीलाई बोलाएको हो ।

    बैठक मध्याह्न सवा १२ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बस्ने संसद सचिवालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार