Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रहरी हिरासतमा सशस्त्र प्रहरी झुण्डिएको अवस्थामा मृत भेटिए

    प्रहरी हिरासतमा सशस्त्र प्रहरी झुण्डिएको अवस्थामा मृत भेटिए

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 1.4K
    SHARES

    फाइल तस्विर

    दाङ । बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतमै मृत भेटिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही स्थित वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका उनले हिरासतमै आत्महत्या गरेका हुन् ।



    वडा प्रहरी कार्यालयको शौचालय भित्र उनले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



    सोमवार बिहान आफुले लगाएको कपडाले घाटीमा पासो लगाएका थिए ।

    गत असोज २४ मा भलुबाङका १४ र ८ बर्षिया दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङ स्थित शस्त्र प्रहरी बल ज्वाला माइगणका दुई सशस्त्र प्रहरीलाई नियन्त्रणमा लिइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार