Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अछामको एक होटलमा मध्येराति प्रहरीको छापा : ६ जुवाडे पक्राउ, ६९ हजार बरामद

    अछामको एक होटलमा मध्येराति प्रहरीको छापा : ६ जुवाडे पक्राउ, ६९ हजार बरामद

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 240
    SHARES

    अछाम । अछाममा ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको मंगलसेन नगरपालिका-५ स्थित होम नाथ अधिकारीले सञ्चालन गरेको ‘गण्डकी शिर्ष बाबु होटल एण्ड लज’ को कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय अछामको टोलीले गोप्य सूचनाको आधारमा आइतबार राति १२ः४५ बजे छापामारी गरी उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ ।



    पक्राउ परेकाहरूमा कास्की घर भई मंगलसेनमा व्यवसाय गर्दै आएका २७ वर्षीय कमल बहादुर शाही प्रमुख अभियुक्तको रूपमा रहेका छन्।



    प्रहरीले घटनास्थलबाट नगद रु ६९ हजार ६५५ रुपैयाँ, ७ थान मोबाइल फोन, र १ गड्डी तास बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अछाममा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार