काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत जारी नेपाल र भारतबीचको सेमिफाइनल खेलमा तनाव उत्पन्न भएको छ ।
दोस्रो हाफको २६औँ मिनेटमा भारतले गोल गरेको थियो । तर, विपक्षी खेलाडी खुसियाली मनाउँदै गर्दा रेफ्रीको ‘प्ले अन ह्विसिल’ बजाएपछि नेपालले गोल गरेको थियो । नेपालको प्रीति राईले गोल गरेकी थिइन् ।
तर, रेफ्रीले त्यसलाई मान्यता नदिँदा नेपालको बराबरी गोल खोसिएको छ । यसबाट आक्रोशित दर्शकले बोतल प्रहार गर्दा खेल पुनः रोकिएको छ ।
नेपालकी खेलाडी रेखा पौडेलले रेड कार्ड पाएपछि अहिले नेपाली टोली १० खेलाडीमा सीमित बनेको छ।
Leave a Reply