Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बेलायत जानुअघि एआईजी, डीआईजी र एसएसपीमा बढुवा गर्ने तयारीमा आईजीपी

    बेलायत जानुअघि एआईजी, डीआईजी र एसएसपीमा बढुवा गर्ने तयारीमा आईजीपी

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा एकैपटक एआईजी, डीआईजी र एसएसपीमा बढुवाको तयारी अघि बढेको छ । दुई एआईजी, सात डीआईजी तथा २० एसएसपीमा बढुवाको लागि गृहकार्य अघि बढेको हो ।

    प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर इन्टरपोलको महासभामा भाग लिन कात्तिक १८ गते बेलायत जाँदैछन् । त्यसअघि नै बढुवा गर्ने उनको तयारी छ ।



    एआईजीमा बढुवा सिफारिस भएकी किरण राणाले १६ कात्तिक तथा रामदत्त जोशीले १८ कात्तिकमा अवकाश पाउँदैछन् । रिक्त हुने पदमा डीआईजीद्वय दुर्गा सिंह र बुद्धिराज गुरुङको सम्भावना छ ।



    यद्यपी अन्य डीआईजी पनि दौडधुपमा छन् । अवकाश हुनुअघि नै बढुवा सिफारिस गर्न लागिएको छ । त्यस्तै, डीआईजीकाे सात पदमा २६ एसएसपीबीच प्रतिस्पर्धा छ । जसमा धेरै जसो गुप्तचरबाट आएका बदनाम भएका एसएसपीहरू छन् ।

    एसएसपीका २० पदमा पनि एसपीहरुबीच कडा टक्कर छ । जसकारण तिहारअघि सहमति हुने सम्भावना न्यून रहेको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार