Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • धारिलो हतियार खुकुरी देखाई लुटपाट गरेको आरोपमा दुईजना पक्राउ

    धारिलो हतियार खुकुरी देखाई लुटपाट गरेको आरोपमा दुईजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 195
    SHARES

    मकवानपुर । मकवानपुरमा धारिलो हतियार खुकुरी देखाई लुटपाट गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-११ का २० वर्षीय असमिन चौलागाईं र सोही स्थानका २० वर्षीय अनिस चौलागाईं रहेका छन् ।



    शनिबार दिउँसो अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई धारिलो हतियार र सुनको सिक्रीसहित पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।



    पक्राउ परेका उनीहरूले हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङमास्थित राप्ती खोलाको बगरमा बकैया गाउँपालिका-४ बस्ने २० वर्षीय मनिष फुयाँल र सोही स्थान बस्ने २४ वर्षीय सुजन पौडेललाई धारिलो हतियार खुकुरी देखाई १ तोलाको सुन लुटेको आरोप छ ।

    पक्राउ परेका दुईजना उपर चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद अनुमति लिई प्रहरीले थप अनुसन्धान कार्य थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार