Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अब १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

    अब १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 144
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।

    आइतबार उनले सरकारी अस्पतालहरू – कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यस्तो सेवा निःशुल्क गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।



    मन्त्री पौडेलको सचिवालयका अनुसार, आउँदो मंसिर १ गतेदेखि उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको छ ।



    राज्यको सामर्थ्यका आधारमा धेरै धनराशि खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार