Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • माइतीघरमा आज पनि रास्वपाको विरोध प्रदर्शन

    माइतीघरमा आज पनि रास्वपाको विरोध प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 78
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पनि काठमाडौंस्थित माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।

    सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज पनि माइतीघरमा प्रदर्शन गरेको हो ।



    यसअघि पोखरामा निरन्तर आन्दोलन गर्दै आएको रास्वपाले शुक्रबारदेखि विरोधका कार्यक्रम काठमाडौं केन्द्रित गरेको छ ।



    माइतीघरमा भेला भएका रास्वपा कार्यकर्ताले सरकारविरोधी प्लेकार्ड प्रदर्शन गर्नुका साथै चर्को नाराबाजी गरेका थिए ।

    सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेर पोखरा लगेर अनुसन्धान थालेपछि रास्वपाले दिनहुँजसो प्रदर्शन गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार