Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही हुनैपर्छ : ईश्वर पोखरेल

    भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही हुनैपर्छ : ईश्वर पोखरेल

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 63
    SHARES

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्नलाई कानुन सम्मत ढंगले कारबाही गर्नुपर्ने बताएका छन्।

    एमालेले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमका बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।



    उनले अनियमितता गर्नेलाई कारबाही गर्नुपर्नेमा पार्टी दृढ रहेको बताए ।



    वरिष्ठ उपाध्यक्ष पोखरेलले केहि कमजोरीलाई लिएर सामाजिक सद्भाव फैलाउने कोसिस भइरहेको भन्दै देशमा अराजकता फैलाउने र सद्भाव खलबलाउने छुट कसैलाई नभएको धारणा राखे।

    सहकारी प्रकरणमा संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्दा भेदभाव भएको आरोप लगाउने गरेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले कांग्रेस र एमालेका नेताहरूमाथि पनि प्रश्न उठे अनुसन्धानको दायरामा आउने स्पष्ट पारे ।

    पछिल्लो समयमा सहकारी ठगीको अनुसन्धान गर्न रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन्। उनीमाथि पोखरामा छानबिन भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार