Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अनुमानका भरमा सूचना सम्प्रेषण नगर्न रविका समर्थकहरुलाई कास्की प्रहरीको आग्रह

    अनुमानका भरमा सूचना सम्प्रेषण नगर्न रविका समर्थकहरुलाई कास्की प्रहरीको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 171
    SHARES

    पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुले सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति दिइरहेको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी अनुसन्धानमा रहेका सभापति लामिछानेलाई म्याद थपका क्रममा अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेकोलगायत आरोप प्रहरीले आपत्ति जनाएको हो ।



    कास्की प्रहरीले सभापति लामिछानेको समर्थनमा सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय कास्कीले आज एक प्रेस विज्ञप्ति जारी गरेर भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    कास्की प्रहरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘अनुसन्धानको क्रममा रहेका लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा म्याद थप गर्न अदालतमा उपस्थित गराउँदा इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियार सहित प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्ने जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भिर ध्यानाकर्षण भएको छ । फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, कास्की सदैव प्रतिबद्ध रहेको अनुरोध गर्दछ ।’

    पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा लगिएपनि शनिबार सार्वजनिक बिदा भएकाले ४ गतेमात्रै अदालतमा उपस्थित गराइएको थियो ।

    अदालतले सुरुमा उनलाई पक्राउ परेको दिनदेखि लागू हुने गरी ६ दिनको म्याद दिएको थियो भने दोस्रो पटक अनुसन्धानका लागि थप ७ दिनको म्याद दिएको थियो ।

    सोही क्रममा रविको पक्षमा वकालतका लागि केही व्यक्तिले इजलासमै दुर्व्यवहार भएको र अपशब्द प्रयो गरिएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

    त्यस्ता अभिव्यक्ति तथ्यहीन र भ्रामक भएको प्रहरीले जनाएको छ । अनुमानका भरमा सूचना सम्प्रेषण नगर्न पनि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुलाई प्रहरीले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार