Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

    आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 129
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव छ ।

    जसकारण कोसी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।



    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोसी र वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलदेखि मौसम मुख्यतया सफा रहने छ ।



    देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    राति, देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार