Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आईसीसी विश्वकप लिग–२ : आज अमेरिकासँग खेल्दै नेपाल

    आईसीसी विश्वकप लिग–२ : आज अमेरिकासँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 198
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज अमेरिकासँग खेल्दैछ ।

    डालासमा राति सवा नौ बजे खेल सुरु हुनेछ । खेलको लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको छ । नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित शृङ्खला अस्तिदेखि शुरु भएको हो ।



    पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हराएको थियो । अघिल्लो महिना क्यानडामा भएको त्रिदेशीय शृङ्खला सकेर नेपाल अमेरिका पुगेको हो । क्यानडामा भएको खेलमा नेपालले एउटा खेल पनि जित्न सकेको थिएन ।



    लिग–२ मा आठ खेलमा तीन अङ्कसहित नेपाल पुछारबाट दोस्रो स्थानमा छ । अमेरिका दोस्रो र स्कटल्याण्ड चौथो स्थानमा छन् । १६ अङ्कसहित क्यानडा शीर्ष स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार