Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • एकीकृत समाजवादीको निर्देशन – सबै प्रदेश सम्मेलन मंसिर मसान्तसम्म सकाउनू

    एकीकृत समाजवादीको निर्देशन – सबै प्रदेश सम्मेलन मंसिर मसान्तसम्म सकाउनू

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 57
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आउँदो मंसिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टी सचिव सोमप्रसाद पाण्डेयले हाल कायम रहेको प्रदेश कमिटीलाई सम्मेलन सम्पन्न गर्न पत्राचार गरिएको जानकारी दिए ।

    देशभर पार्टी संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन तोकिएको समयसीमाभित्र सम्मेलन सम्पन्न गरी नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिइएको उनले बताए ।



    साथै, पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको कार्यदलले सबै जनवर्गीय संगठनका प्रदेश इन्चार्ज तोक्न, नेताहरूको कार्यविभाजन, विभिन्न आयोग तथा विभाग गठन गर्न र नेताहरूको अनुभव, योगदान तथा सक्षमताको मूल्यांकन गरी नाम प्रस्ताव गर्ने जनाइएको छ ।



    कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार