Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बाबुराम भट्टराईको निष्कर्ष – पुराना वादबाट अब मुलुक चल्दैन

    बाबुराम भट्टराईको निष्कर्ष – पुराना वादबाट अब मुलुक चल्दैन

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 51
    SHARES

    काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक बाबुराम भट्टराईले लामो संघर्ष र बलिदानको उपलब्धिका रुपमा प्राप्त नेपालको संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि परिवर्तनकारी शक्तिबीच साझा धारणा र एउटै बुझाइ आवश्यक रहेको बताएका छन् ।

    शनिबार यहाँ आयोजित पत्रकार भेटघाटमा उनले संघीयता र गणतन्त्रसहितको उपलब्धिलाई संरक्षण र सम्वर्द्धन गर्दै लैजानपर्ने आजको आवश्यकता भएको स्पष्ट पारे ।



    पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा दुःख, कष्ट भोगेका राजनीतिक नेतृत्वले जनताका एजेण्डाका आधारमा विकास र समृद्धिमा फड्को मार्न नसक्दा नयाँ शक्तिको उदय भयो तर उनीहरु पनि व्यवस्थित हुन सकिरहेको देखिन्न ।’



    लोकतन्त्रका लागि योगदान पुर्‍याएका पुराना शक्तिलाई सुधार्ने तथा नयाँ शक्तिलाई व्यवस्थित तुल्याएर आम सहमतिका आधारमा अघि बढनुपर्ने आवश्यकता रहेको बताउँदै संयोजक भट्टराईले लोकतान्त्रिक गणतन्त्रभित्रै नयाँ शक्ति निर्माण गर्न सकिने तर्क गरे ।

    संयोजक भट्टराईले भने, ‘वैकल्पिक नयाँ शक्ति अग्रगामी सोचसहितको हुनुपर्छ, पुराना वादबाट अब मुलुक चल्दैन । संघीयतालाई पनि परिस्कृत गर्दै लैजानुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार