Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • रास्वपालाई सिद्धान्तविहीनको संज्ञा दिँदै पूर्वमन्त्री बस्नेतले भने – सभापतिको घर कहाँ हो ?

    रास्वपालाई सिद्धान्तविहीनको संज्ञा दिँदै पूर्वमन्त्री बस्नेतले भने – सभापतिको घर कहाँ हो ?

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 231
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी लाई सिद्धान्त र इतिहासविहीन पार्टी भनेका छन् ।

    शनिबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका उनले रास्वपालाई यस्तो भनेका हुन् ।



    ‘भर्खरै आएको राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टीको कुनै इतिहास छ ? कुनै विचार छ ? त्यो पार्टीको सभापतिको घर कहाँ हो कसैलाई थाहा छ ?’ उनले प्रश्न गरे ।



    बस्नेतले रास्वपालाई कुनै स्थायी विचार र उद्देश्यविहीन पार्टी भन्दै यसका नेताहरूको विचार स्पष्ट नभएको र पार्टी सभापतिको ठेगानासमेत जनतालाई थाहा नभएको टिप्पणी गरे ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार