Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीले भने – एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैन

    प्रधानमन्त्री ओलीले भने – एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैन

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 78
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् ।

    नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा ‍बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।



    उनले राजनीतिक परिवर्तनका लागि कांग्रेस र एमालेले असाधारण योगदान गरेको बताए ।



    प्रधानमन्त्री ओलीले भने,‘अहिलेको सरकार नेकपा एमाले, नेपाली कांग्रेस यी दुई वटा नेपालको राजनीतिक, सामाजिक, यस इतिहासमा परिवर्तनका कुराहरुमा, योगदानका कुराहरुमा र परिवर्तन साकार पार्नका लागि लड्ने कुराहरुमा यी पार्टीहरु सदैव अग्रणी रहेका हुन् र यिनले असाधारण योगदान पनि गरेका छन् ।’

    प्रधानमन्त्री ओलीले काँग्रेस र एमाले नेपालको राजनीतिक, सामाजिक इतिहास परिवर्तनका कुरामा अग्रणी रहेको बताए ।

    प्रधानमन्त्री ओलीले लोकतन्त्र देश र जनताका लागि काम गर्ने सर्वोत्तम व्यवस्था रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार