Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कटुवा पेस्तोलसहित रौतहटबाट दुई जना पक्राउ

    कटुवा पेस्तोलसहित रौतहटबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 60
    SHARES

    रौतहट । रौतहटको गुजरा नगरपालिकाबाट हतियारसहित दुई जना पक्राउ परेका छन् ।

    गुजरा नगरपालिका-३ धनसार सिमरी गेट नजिकैबाट सशस्त्र प्रहरीले हतियारसहित कटहरीया–३ का कमोदा राम चमार र नेमलाल साह बनियालाई पक्राउ गरेको हो ।



    ज४प ९०५८ नम्बरको मोटरसाइकलमा सवार दुवैजनालाई चेकजाँच गर्दा कटुवा पेस्तोल १ थान र सो मा प्रयोग हुने ३ राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणले जनाएको छ ।



    सशस्त्र प्रहरी बल प्रधान कार्यालयको इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरीबल ११ नम्बर गणको संयुक्त टोलीले उनीहरुकालई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार