Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सहकारी ठगीमा संलग्न सबैमाथि अनुसन्धान हुन्छ : सञ्चारमन्त्री गुरुङ

    सहकारी ठगीमा संलग्न सबैमाथि अनुसन्धान हुन्छ : सञ्चारमन्त्री गुरुङ

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 75
    SHARES

    लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीमा संलग्न सबैमाथिअनुसन्धान हुने बताएका छन् ।

    लमजुङमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् ।



    सञ्चारमन्त्री गुरुङले सरकारले सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि अनुसन्धान अघि बढाउने बताए ।



    सञ्चारमन्त्री गुरुङले जति दबाब आए पनि अनुसन्धान नरोकिने बताए।

    रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि अनुसन्धान प्रभावित पार्न र न्यायालयमाथि दबाब दिन सडकमा प्रदर्शन भइरहेका बेला सञ्चारमन्त्री गुरुङले अनुसन्धान नरोकिने बटमलाइन रहेको बताएका हुन्।

    सञ्चारमन्त्री गुरुङले जतिसुकै ठूलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान कसैको दबाबले नरोकिने बताए ।

    सरकार सुशासनमा दृढताका साथ अघि बढेको दाबी गर्दै मन्त्री गुरुङले उक्त अभियान रोक्न खोज्नेहरू सफल नहुने बताए । दोषी प्रमाणित भए सजाय भोग्न तयार हुनुपर्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार