Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पेस्तोल र गोलीसहित दुईजना समातिए

    पेस्तोल र गोलीसहित दुईजना समातिए

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 117
    SHARES

    रौतहट । रौतहटमा नलकटुवा पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कटहरिया नगरपालिका ३ का वर्ष २६ का कमोद राम चमार र वर्ष ४४ को नेमालाल साह बानिया रहेका छन् ।



    सशस्त्र प्रहरी रौतहटका अनुसार शुक्रवार साँझ गुजारा नगरपालिका ३ धन्सार गेट नजिकै विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय, ईन्टेलिजेन्ट ब्युरो र सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटबाट गएको संयुक्त टोलीले ज४ प नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो ।



    चेकजाँचको क्रममा मोटरसाइकलमा सवार चमार र बनियाको साथ बाट १ थान नलकटुवा पेस्तोल र ३ थान ७.६२ एमएमको गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार