Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

    रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 114
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

    बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनलाई कसरी प्रभावकारी बनाउनेलगायत विषयमा छलफल हुनेछ ।



    पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वपाले शुक्रबारदेखि काठमाडौंमा आन्दोलन सुरु गरेको छ ।



    गत शुक्रबार पक्राउ परेका रवि प्रहरी अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारीको रकम अपचलन गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार