Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नेपालको वित्तीय अवस्था सन्तोषजनक छ : गभर्नर अधिकारी

    नेपालको वित्तीय अवस्था सन्तोषजनक छ : गभर्नर अधिकारी

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 60
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताएका छन् ।

    शुक्रबार सार्क फाइनान्स गभर्नर्स फोरमको ४६औँ बैठकलाई यहाँ सम्बोधन गर्दै गभर्नर अधिकारीले उक्त धारणा राखेका हुन् ।



    गभर्नर अधिकारीले भने, “नेपालको विदेशी मुद्रा सञ्चितिले १३ महिनाका लागि वस्तु तथा सेवाको आयातका लागि पर्याप्त छ । नेपालको विप्रेषण आप्रवाहको वृद्धि र वित्त बजार स्थिर रहेको छ ।”



    उक्त फोरममा सार्क राष्ट्रका गभर्नरहरूको सहभागिता रहेको थियो । सार्क फाइनान्स गभर्नर्स फोरममा क्षेत्रीय वित्तीय सहयोग, त्यस क्षेत्रमा सहकार्यात्मक अनुसन्धान तथा क्षमता अभिवृद्धिको विषयमा समेत छललफल भएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार